सडकमा बत्ती जडान गर्दा मिटर जडान गर्न र महसुल समयमै भुक्तानी गर्न विद्युत् प्राधिकरणको अनुरोध

 फागुन २३, २०७९ मंगलबार ८:५७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले सडकमा बत्ती जडान गर्दा मिटर अनिवार्य जडान गर्न र सडक बत्तीको महसुल समयमै भुक्तानी गर्न अनुरोध गरेको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना निकालेर विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै समयमै भुक्तानी गर्न भनेको हो ।

यस्तै पालिकाहरुले प्राधिकरणको सहमति नलिइ आफूखुसी सडक बत्ती जडान गर्ने र मिटर समेत जडान नगरिएका सडक बत्तीको महसुल नतिर्ने गरेको प्राधिकरणको भनाइ छ । सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नुपरेको सूचनामा उल्लेख छ ।

प्राधिकरणले सडकमा बत्ती जडान गर्दा मिटर जडान नगरेमा र महसुल समयमै नतिरेमा नियम अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया