अमेरिकामा अर्को बैंक पनि बन्द, बचत सुरक्षित रहेकाले नआत्तिन सरकारको आग्रह

 फागुन २९, २०७९ सोमबार २०:१०:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा अर्को बैंक पनि बन्द भएको छ । देशकै ठूलो मध्येको एक सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि नियामक निकायले न्युयोर्क आधारित सिग्नेचर बैंक पनि बन्द गराएका हुन् ।

अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र एफडीआईसीले संयुक्त विज्ञप्ति निकालेर बैंक बन्दको घोषणा गरेका न्युयोर्क टाइम्सले जनाएको छ । सम्भावित बैंकिङ सङ्कट रोक्नका लागि सिग्नेचर बैंक बन्द गराएको विज्ञप्तिमा उल्लेख छ ।

नियामक निकायले बैंक बन्द भए पनि बैंकका बचतकर्ताहरूको रकम सुरक्षित रहेको भन्दै बचतकर्तालाई आफ्नो बचतमा पूर्ण पहुँच रहेको जनाएका छन् । सिग्नेचर बैंक क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्नेमध्येको एक मुख्य बैंक हो ।

यसअघि अमेरिकी नियामक नियकाले शुक्रवार बैंक सिलिकन भ्याली बन्द गराउँदै बैंकमा रहेकाे सम्पूर्ण रकम आफ्नो कब्जामा लिएको थियो ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया