पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
दार्चुला – नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा दार्चुलामा प्रथम अपी प्रिमियर लिग (एपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
अपी हिमाल गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजना र मल्देश क्रिकेट क्लब (एमसिसि) को सह–आयोजनामा कार्तिक ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
अपी हिमाल गाउँपालिका–४, सम्देलीचौड खात्तीमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ७ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अक्सनमार्फत असोज ३० गते खेलाडी छनौट गरिने प्रतियोगिताका निर्देशक खडक लोथ्यालले जानकारी दिनुभयो ।
दार्चुला जिल्लाको क्रिकेटको इतिहासमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनौट गरिन लागिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ७५ हजार तथा द्वितीय पुरस्कार रु ४० हजार ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले नगद रु ५ हजार पदक र प्रमाणपत्र पाउनेछन् ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर,उदीयमान खेलाडी तथा अनुशासित खेलाडीले जनही रु २ हजार ५०० नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र पाउने जनाइएको छ ।
प्रतियोगिता कार्तिक १४ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको उद्घाटन कार्तिक ७ गते दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आथित्यमा हुने भएको छ ।
साथै उद्घाटन समारोहमा प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, मान बहादुर धामी र नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द विशिष्ट अतिथि रहनुहुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।