लमजुङ : भक्ति आदर्शमा सभापतिका दुवै उम्मेदवारलाई बराबर मत, आलोपालो बैठकको अध्यक्षता गर्ने

 चैत ६, २०७९ सोमबार २०:२८:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा रहेको भक्ति आदर्श बहुमुखी क्याम्पसमा स्ववियु सभापतिहरूले आलोपालो अध्यक्षता गर्ने सहमति भएको छ । आइतवार भएको स्ववियु चुनावमा सभापतिका उम्मेदवार नेविसङ्घकी स्वस्तिका चिलवाल र अनेरास्ववियुकी मिना घलेको बराबर मत आएसँगै क्याम्पसमा स्ववियु सभापतिको अध्यक्षता आलोपालो गर्ने सहमति भएको हो ।

सोमवारको क्याम्पस निर्वाचन मण्डलका साथै सर्वदलीय बैठकबाट यस्तो सहमति भएको भक्ति आदर्श क्याम्पसका व्यवस्थापन सङ्काय प्रमुख एवम् निर्वाचन मण्डलका सदस्य राजु केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावमा क्याम्पसमा १ सय ३७ मत खसेकाेमा सभापतिका दुवै उम्मेदवारले बराबर ६७/६७ मत प्राप्त गर्नुभएको थियो ।

अब दुवै जनाले पालैपालो बैठक तथा कार्यक्रमको अध्यक्षता गर्नेछन् । क्याम्पसले स्ववियुसँगको बैठक, कार्यक्रममा दुवै जनालाई समानरूपमा समेट्ने पनि सहमति गरेको छ । 

पहिलो बैठकको अध्यक्षता नेविसङ्घले गर्ने निर्णय भएको छ । यस क्याम्पसमा भएको चुनावमा सचिवमा नेविसङ्घकी सुमित्रा बगाले, कोषाध्यक्षमा अनेरास्ववियुकी सुस्मिता सापकोटा, सदस्यहरूमा नेविसङ्घकै अन्तिम गुरुङ, अप्सरा नेपाली, इशा गुरुङ र सोनिशा कार्की निर्वाचित हुनुभएको छ ।

यस्तै समानुपातिकतर्फ नेविसङ्घले तीन र अनेरास्ववियुले एक सदस्य पाउनेछ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया