दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना ...
कात्तिक ३०, २०८१ शुक्रबार
रुकुम पश्चिम - सफा गर्न खाेलातिर लगिँदै गरेकाे बस पल्टिएर किच्दा रुकुममा एक बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
मुसीकोट नगरपालिका–१, मा रहेकाे सल्ले बसपार्कबाट सफा गर्नका लागि मुलखोलातर्फ आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस मंगलबार दिउँसो साढे १ बजे पल्टिँदा सल्लेकै ९ वर्षीय प्रयास बिसीको ज्यान गएको हो ।
सडक छेउमा खेलिरहेका बालकलाई अनियन्त्रित बसले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । बसले किचिएका प्रयासको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।
बसले किच्दा सल्लेकै ८ वर्षीय जेनिश बिसी र सर्लाही घर भएका बस चालक अन्दाजी २५ वर्षीय रामकुमार शंकर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले घाइते दुवैलाई थप उपचारको लागि नेपालगन्ज पठाइएको बताउनुभयो । घाइते दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
मृतक प्रयास र घाइते जेनिश सहोदर दाजुभाइका छोरा हुन् । बस सडकबाट झण्डै एक सय ५० मिटर तल पुगेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।