झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
गुल्मी – जिल्ला खेलकुद विकास समिति गुल्मीले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य रहेका कुमाललाई खेल क्षेत्रमा थप हौसला प्रदान गर्ने उद्देश्यले सदरमुकाम तम्घासमा सम्मान गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिकाे आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले खेलकुद विकास समितिको तर्फबाट अर्जुनलाई नगद र सम्मानपत्रद्वारा सम्मानित गर्नुभयाे ।
गुल्मीको छत्रकोट गाउँपालिका ५ काे मानकोटका अर्जुनले केही समय अगाडि यूएईमा भएको १९ वर्षमुनिकाे विश्व कप छनाेट प्रतियोगितामा नेपाललाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख खत्रीले गुल्मीमा जन्मेर क्रिकेट खेलको माध्यमबाट अर्जुन कुमालसँगै सोमपाल र सागरजस्ता खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्रिकेट क्षेत्रमा अलग्गै पहिचान स्थापित गरेको बताउनुभयो । उहाँले खेलाडीहरू राष्ट्रका महत्त्वपूर्ण गहना भएको भन्दै सबैले उनीहरूको हौसला बढाउनुपर्ने बताउनुभयो ।
क्रिकेटर कुमाललाई यसअघि छत्रकोट गाउँपालिका र गुल्मी उद्योग वाणिज्य सङ्घले पनि सम्मान गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।