नेप्से १० अङ्कले घट्दा फाइनान्स समूहको शेयर साढे ४ प्रतिशतभन्दा...
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा कुवेतले सिङ्गापुरलाई हराएकाे छ । आज मङ्गलवार भएकाे खेलमा कुवेतले सिङ्गापुरलाई ४ विकेटले हरायाे ।
सिङ्गापुरले दिएकाे १ सय १४ रनकाे लक्ष्य कुवेतले २६ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । कुवेतका अदनान इदरेसले ३८ र मीत भावसरले नटआउट २७ रन बनाए । सिङ्गापुरका विनाेथ वसकरन र अक्षय पुरीले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेकाे सिङ्गापुर ३१ ओभर ४ बलमा १ सय १३ रन बनायाे । सिङ्गापुरका अमर्त्य काैलले ४५ र मनप्रीत सिंहले २८ रन बनाए । कुवेतका माेहम्मद असलामले ५ र शिराज खानले ३ विकेट लिए ।
याे जितसँगै समूह 'बी' मा रहेकाे कुवेत ३ खेलमा ४ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियाे बनाएकाे छ । सिङ्गापुर भने ४ खेलमा अङ्कविहीन हुँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ । याे समूहमा हङकङ ३ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा रहँदा यूएई ३ खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा छ ।
कुवेतले अन्तिम खेलमा बिहीवार हङकङसँग खेल्नेछ । मुलपानी मैदानमा हुने खेलमा विजयी भएमा कुवेत सेमिफाइनलमा पुग्नेछ भने हारेमा वा अङ्क बाँडेमा प्रतियाेगिताबाट बाहिरिनेछ ।
समूह 'ए' बाट नेपाल ३ खेलमा ५ अङ्कका साथ १ खेलअघि नै सेमिफाइनलमा पुगिसकेकाे छ । याे समूहबाट ओमान र साउदी अरेबियाबीचकाे विजेता दाेस्राे टाेलीकाे रूपमा सेमिफाइनलमा पुग्नेछ । ओमान ३ खेलमा ४ अङ्कसहित दाेस्राे र साउदी अरेबिया ३ खेलमा ३ अङ्कसहित तेस्राे स्थानमा छ ।
एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।