नेप्से १० अङ्कले घट्दा फाइनान्स समूहको शेयर साढे ४ प्रतिशतभन्दा...
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – जहाजमा चरा ठोक्कियो भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई जना कर्मचारीलाई कारबाही गरेको छ ।
हिजो साेमवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको पखेटामा आगोको झिल्कासहित ठूलो आवाज आएको थियो । कुनै पनि आधार प्रमाणविना जहाजमा चरा ठोकिएको भ्रमपूर्ण समाचार फैलाएको भन्दै प्राधिकरणले फ्लाई दुबईका नेपाल म्यानेजर र एअरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । यस्तै उनीहरूको एअरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।
फ्लाई दुबईको बोइङ ७३७ विमान हिजो राति ९ बजेर १९ मिनेटमा उडेको थियो । ९ बजेर २० मिनेटमा नै पाइलटले इन्जिनमा समस्या आएको भन्दै सिङ्गल इन्जिनले मात्रै काम गरिरहेको जानकारी विमानस्थल टावरलाई गराएका थिए । लगत्तै इन्जिनमा आगोको झिल्कोसहित पड्किएको ठूलो आवाज बाहिरै सुनिएको थियो । त्यसपछि पाइलटले धादिङको धार्केमाथिको आकाशमा १० मिनेट विमान 'होल्ड' गराएपछि कुनै समस्या नदेखिएको भन्दै सिधै दुबईमा लगेर अवतरण गराएका थिए ।
आज मङ्गलवार बिहान विमानस्थलको धावनमार्गमा एउटा मरेको चरा भेटिए पनि कुनै चोट नलागेकाले चरा ठोकिएको यकिन नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।