शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

 वैशाख १२, २०८० मंगलबार १५:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नाै सय पाँच दशमलव ६८ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज पिपुल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया