नेप्से १० अङ्कले घट्दा फाइनान्स समूहको शेयर साढे ४ प्रतिशतभन्दा...
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ ।
आयोगले आज बिहीवार विज्ञप्ति निकालेर मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेकाे हाे । यसका लागि आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष पनि स्थापना गरिएको छ । सहायता कक्षमा निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने व्यवस्था गरिएको छ ।
यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने आयोगले जनाएको छ । यसअघि तराई–मधेसका जिल्लाबाट आएका मिटरब्याज पीडितले काठमाण्डाैमा आन्दोलन गरेपछि गएकाे चैत २० गते सरकारले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।