माइतीघरमा महावीर पुनको धर्ना : अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता दिन माग

 वैशाख १५, २०८० शुक्रबार ११:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन सुरु गर्नुभएको छ । पुनले शुक्रवार आजदेखि काठमाण्डाैको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन सुरु गर्नुभएको हाे। 

उहाँले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताउनु भयो। पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गनुभयो । उहाँले नयाँ विषयहरुको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके देशको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताउनु भयो । 

उहाँले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो। उहाँले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताउनु भयो। उहाँले सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो।

उहाँले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको बताउनु भयो । उहाँले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप लगाउनु भयो । 

उहाँले भन्नुभयो,‘ नेपालका प्रतिभा भएका विद्यार्थी तथा भावि सन्ततिहरुको लागि आन्दोलन गर्नुपरेको हो । नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौँ। यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो । हामीले नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवर्द्धन गर्ने काम गरिएन भने देशको अर्थतन्त्रलाई सुधार गर्न सक्दैनौंँ।'

उहाँले आन्दोलनमा  अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग गर्नुभयो। उहाँले प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सन्चालन तथा खरिद ऐन बनाउन आग्रह गर्नुभयो।

उहाँले स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउन, नवउद्यमीहरुलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवर्द्धन समिति बनाउन र व्यावहारिक अनुसन्धान लाई प्रवर्द्धन गर्न  व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गर्नुभयो। उहाँले यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तत्काल गर्न माग गर्नुभयो । उहाँले पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति दिनकाे लागि पनि माग गर्नुभएकाे छ। 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया