कङ्गोमा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरे
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाण्डाैमा ग्रिल तथा स्टिल व्यवसायी महासङ्घले उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले झन्डै ८० प्रतिशत राजस्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रले सरकारलाई योगदान पुर्याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय निजी क्षेत्रले नाफाका लागि मात्रै काम गर्छ भन्ने आरोप लाग्ने गरेको गुनासाे गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने नागरिकमा भ्रम छ । यस्तो सोचाइ परिर्वतन गर्नुपर्छ । झन्डै ८० प्रतिशत राजस्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान छ । यो निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्छ । ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कहाँ हो भन्ने नै सरकारलाई थाहा छैन ।’
अध्यक्ष ढकालले पछिल्लो समय व्यवसायीमा निराशा देखिएको भन्दै अर्थतन्त्रमा सूचकहरू सकारात्मक रहेको भन्दै निराश नहुन आग्रह गर्नुभयो । उहाँले रेमिट्यान्स र पर्यटककाे आगमनमा वृद्धि, बैंकको तरलता सहज, बैंकको ब्याजदर क्रमशः घट्ने क्रममा रहेको बताउनुभयो । उहाँले सरकार ,राष्ट्र बैंक, बैंर्कस सङ्घ र निजी क्षेत्रको पहलमा ब्याजदर कम हुँदै गएको दाबी गर्नुभयो ।
त्यस्तै महासङ्घका उपाध्यक्ष हेमराज ढकालले महासङ्घको वर्तमान नेतृत्व आएसँगै महासङ्घ धेरै चलायमान भएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यक्षको नेतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरूलाई भेटेर महासङ्घका मागहरू राखेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।