पैदल हिँड्दा गाडीलाई दोष, गाडीमा गुड्दा जेसुकै होस् !
माघ १३, २०८१ आइतबार
काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले आज २५औँ वार्षिकोत्सव मनाउँदैछ ।
२०५५ साल वैशाख १६ गते स्थापना भएको कम्यूनिकेसन कर्नरले रेडियो तालिम र रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै २०५८ सालदेखि रेडियो नेटवर्कबाट बिहानी समाचार पत्रिका कायाकैरन सुरु गरेको थियो ।
संस्थाले २०६३ सालदेखि देशव्यापी स्याटलाइट रेडियो, काठमाण्डौमा उज्यालो एफएम ९० मेगाहर्ज र २०६८ सालदेखि ‘उज्यालो अनलाइन डटकम’ सञ्चालन गर्दै आएको छ ।
कम्यूनिकेसन कर्नरको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियोले बदलिँदो परिवेशअनुसारका विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
उहाँले रेडियोको आवश्यकता र प्रभावकारिता अझै रहेकाले रेडियोको सङ्कट समाधानको लागि सरकारले पनि आफ्नो ठाउँबाट सहयोग गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।