कङ्गोमा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरे
माघ १३, २०८१ आइतबार
काठमाण्डाै - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताउनुभएको छ । हिजोदेखि धर्ना थालेका उहाँले माइतीघर चोकको सडकमै रात बिताउनुभएको छ ।
गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५/२० जना साथीहरुले साथ दिएको उहाँले बताउनुभयो । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उहाँको भनाइ छ । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभएको छ ।
देशका प्रतिभाशाली विद्यार्थी तथा भावी सन्ततिका लागि आफूले आन्दोलन गर्नुपरेको उहाँले बताउनुभएको छ । आविष्कार तथा नयाँ प्रवर्द्धनकाे काम गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने र अर्थतन्त्र सुधार नभएसम्म नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न नसकिने उहाँको भनाइ छ ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउन तथा विकास बजेटको कम्तीमा एक प्रतिशत यस क्षेत्रमा छुट्याउन उहाँको माग छ । माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन हिजोदेखि माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक महावीर पुनलाई युवाहरुले साथ दिएका छन् ।
तस्बिर : महावीर पुनकाे फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।