नेपाल र कुवेतबीचको खेल पानी परेर रोकियो

 वैशाख १६, २०८० शनिबार ११:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर रोकिएको छ । कीर्तिपुर मैदानमा अहिले पानी परिरहेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २३ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन जोडे । अहिले रोहित पौडेल र कुशल मल्ल अविजित छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको हो ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईले समूह ‘ए’ को उपविजेता ओमान मूलपानीमा खेलिरहेका छन् । आज जित्ने टोलीले उपाधिका लागि सोमवार कीर्तिपुर मैदानमा खेल्नेछन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया