काठमाण्डौमा वर्षा : आज चर्काे घाम नलाग्ने

 वैशाख १६, २०८० शनिबार ११:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा आज बिहान वर्षा भएको छ । एक/दुई ठाउँमा सामान्य वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौमा आज चर्काे घाम नलाग्ने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । आज देशका धेरै ठाउँको मौसम बदली छ । गण्डकी प्रदेशका केही ठाउँमा पनि छिटपुट पानी परिरहेको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन । देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ । बिहान ११ बजेतिर कीर्तिपुर मैदानमा पानी परेपछि एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल केहीबेर रोकिएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया