कङ्गोमा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरे
माघ १३, २०८१ आइतबार
मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष शिवराज थिङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष थिङसहित तीन जनाको साथमा दुई सय दुई किलो गाँजासमेत फेला पारि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताउनुभयो । वडाअध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज साेमवार लागुऔषध नियन्त्रण ब्युराे कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको नेतृत्वमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।