जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो
मंसिर २७, २०८१ बिहिबार
दाङ – उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरका कायममुकाम मुख्य न्यायाधीश रणबहादुर बागचनको इजलासले उपमहानगरकाे निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे हाे । ‘घोराही उपमहानगरपालिकाको शिक्षा ऐन २०७५ को दफा ३१ तथा शिक्षा नियमावली २०७६ को नियम २५ को व्यवस्था र २०७६ को नियम ४९ को सरुवासम्बन्धी व्यवस्थाको सन्दर्भमा विपक्षी घोराही उपमहानगरपालिकको शिक्षा समितिबाट २०७९ चैत ८ गते भएको निर्णय सुविधा सन्तुलनको दृष्टिले अहिले कार्यान्वयन नगरि यथास्थितिमा राख्न उपयुक्त देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न/नगराउन आदेश भएको छ’, आदेशमा भनिएकाे छ ।
यस मुद्दामा उच्च अदालतकी न्यायाधीश बबिता उप्रेति र न्यायाधीश राजुराम सिलवालको संयुक्त इजलासबाट फरक–फरक राय आएपछि आजसम्मका लागि मुद्दा सरेको थियो । आजको अन्तरिम आदेशले न्यायाधीश राजुराम सिलवालको धारणालाई सदर गरेको हाे ।
घोराही उपमहानगरले गएकाे चैत ८ गते एक सय एक जना शिक्षकको सरुवा गरेपछि पद्मोदय पब्लिक नमुना मावि भरतपुरका शिक्षक तर्कबहादुर बस्नेतसहितका शिक्षकले मुद्दा दर्ता गर्नुभएको थियो । नगरपालिकाले गरेको सरुवाको विरोधमा शिक्षक महासङ्घसहित पेसागत सङ्गठन चरणबद्ध आन्दोलनमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।