सुन्दर यातायातका अध्यक्ष थापाद्वारा सञ्चारकर्मीमाथि दुर्व्यवहार

 वैशाख २१, २०८० बिहीबार १८:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुन्दर यातायात प्रालीका अध्यक्ष भेषबहादुर थापामाथि सञ्चारकर्मी दुर्व्यवहारकाे आरोप लागेको छ । रिपोर्टिङका लागि पुगेका टेकपाना अनलाइनका सञ्चारकर्मीलाई थापाले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्नुभएको छ । 

सुन्दर यातायातअन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको विद्युतीय बाइकको रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीमाथि कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गर्नुभएको सञ्चारकर्मीको दाबी छ । 

बुधवार कम्पनीका कर्मचारीको अनुमतिमै रिपोर्टिङ गरिएको तर रिपोर्टिङ सकिएपछि आइपुगेका कम्पनीका अध्यक्ष थापाले ब्याट्रीको भिडियो किन खिचेको भन्दै अमर्यादित शब्दको प्रयोग गर्दै भिडियो डिलिट गर्न लगाएका पीडित सञ्चारकर्मीको दुखेसो छ । टेकपाना प्रालीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया