प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : उपाधिका लागि आज सुदूरप...
माघ १२, २०८१ शनिबार
नवलपरासी – नवलपरासीको गैंडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै स्थानीयहरु हर्षित भएका छन् ।
गएकाे वैशाख १ गतेदेखि मौलाकाली केवलकार सञ्चालनमा आएसँगै गैंडाकोट नगरपालिका वडा १ का स्थानीयहरु मौलाकालीका मन्दिरको धार्मिक महत्व बढ्ने र स्थानीय स्तरमा रोजगारी बढ्ने भन्दै हर्षित भएका हुन् । स्थानीयहरुले २ घण्टा हिँडेर जानुपर्ने मौलाकाली मन्दिरमा ५ मिनेटमा पुग्ने केवलकार बन्ने अपेक्षा नभएपनि अहिले आएर साकार हुँदा खुशी लागेको बताए ।
उनीहरुले केवलकार सञ्चालनमा आउँदा खुशी भए पनि केवलकार व्यवस्थापनले भाडादर कम गर्नुपर्ने बताए । मन्दिरको बेसमा विगत २५ वर्षदेखि सामान्य टहरोमा पूजा सामाग्री व्यापार गर्ने व्यापारीहरुले टहरा व्यवस्थापन गर्दा व्यापार बन्द नहुने गरी वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । मौलाकाली मन्दिर परिसरमा व्यापार गर्ने स्थानीय व्यापारी सुलभ कुमालले मौलाकाली केवलकार सञ्चालनमा आएसँगै पूजा सामग्रीमा व्यापारमा वृद्धि भएको बताउनु भयो ।
उहाँले पूजा सामग्रीमा व्यापार बढेपनि होटलमा भने व्यापार कम भएको बताउनु भयो । उहाँले केवकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धाहरुलाई समेत सहज भएको बताए । उहाँले टहरोमा व्यापार गर्नुपरको भन्दै ठाउँ दिए आफैँ व्यवस्थित बनाउने बताउनु भयो । उहाँले विगत लामो समयदेखि व्यापार गरिरहेकाले मन्दिर परिसरमा नै व्यवस्थित तरिकाले व्यवसाय गर्न पाउनुपर्ने बताउनु भयो ।
स्थानीय विनिता महतोले मौलाकालीका केवलकार सञ्चालनमा आएसँगै खुशी र दुःखी दुवै भएको बताउनु भयो । उहाँले केवलकार सञ्चालनमा आएसँगै विगत लोमो समयदेखि गर्दै आएको ठाउँ व्यवस्थित हुनुपर्ने बताउनु भयो । उहाँले मन्दिर परिसरका पसलहरु हटाउने कुराले दुःख लागेको बताउनु भयो । उहाँले २० वर्षदेखि जीविको पार्जनको माध्यम पसलहरु भएको भन्दै उचित व्यवस्थापनसहित हटाउनुपर्ने बताउनु भयो ।
स्थानीय टीकाराम चापागाईंले केवलकारमा मौलाकाली मन्दिर जान पाइन्छ भन्ने आश नरहने पनि अहिले केवलकार चढेर मन्दिर जान पाउँदा खुशी लागेको बताउनु भयो। उहाँले गैडाकोटको जङ्गलमा केवलकारको विकास हुँदा अचम्म लागेको बताउनु भयो। उहाँले ८० वर्षको उमेरमा घरमा नै खुम्चिएर बस्नु भन्दा केवलकार चढेर मन्दिर दर्शन गर्न पाउँदा खुशी भएको बताउनु भयो। उहाँले ८० वर्ष माथिका बुढाबुढीहरुलाई छुट रहेको भन्दै छुट पाएर केवकार चढेको बताउनु भयो ।
स्थानीय गंगाधर सापकोटाले गैडाकोटमा केवलकार बन्द यहाँका स्थानीयहरु सबै खुशी रहेको बताउनु भयो। उहाँले केवलकार बनेसँगै पसल, जग्गा जमिनको समेत मूल्य बढेको बताउनु भयो। उहाँले केवलकार चढ्न गाडी लिएर आउनेहरुको लागि पार्किङ शुल्क तिर्नुपर्ने भन्दै केवलकार आफैँले बनाई दिनुपर्ने बताउनु भयो । उहाँले मौलाकाली केवलकारको दूरी छोटो दर भाडादर महँगो भएको गुनासो आएको भन्दै मिलेसम्म कम गर्नुपर्ने बताउनु भयो । त्यस्तै,अर्का स्थानीय अटो व्यवसायी समिर परियारले केवलकार सञ्चालनमा आएसँगै अटो सञ्चालनमा सहज भएको बताउनु भयो। उहाँले केवलकार सञ्चालन हुनुभन्दा पहिला अटोमा कमाई थोरै थियो तर अहिले दैनिक २ हजारसम्म बचाउन सकिएको बताउनु भयो ।
केवलकार प्रयोग गरी मन्दिर दर्शन गर्न जाने यात्रुहरुले पनि विगतमा दुईचार घण्टा लाग्ने गरेकोमा केवलकारले सहज बनाएको हेम गौतमले बताउनु भयो। उहाँले केवलकार जस्ता भौतिक संरचनाहरु बन्नु पर्यटकीय हिसावले राष्ट्रको लागि गौरवको विषय भएको बताउनु भयो । त्यस्तै अर्का केवलकार यात्रु ऋषि पौडेलले विगतमा मन्दिर दर्शन गर्न आउँदा समय छुट्याउने पर्ने भए पनि केवलकार बनेसँगै समयको बचत भएको बताउनु भयो ।
मौलाकाली केवलकारको गत १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भन्दा पहिला गत वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ । केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि हुने अपेक्षा स्थानीयहरुको रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।