आज धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना

 वैशाख २५, २०८० सोमबार ७:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो १, २ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रि-मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । तर, घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उहाँले बताउनुभयो । देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौसम आंशिक बदली छ । यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान छ । यस्तै, राति कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको मौसम बदली हुने अनुमान छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nod Prasad Regmi

    May 9, 2023, 2:05 p.m.

    यो अवस्थामा सतर्क हुनु नै वुध्दिमानी हुन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया