बिजुली बस उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने – अब चुलो चुलोमा बिजुलीको तार पुग्छ (भिडियो)

 कात्तिक ७, २०७५ बुधबार ८:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – पहिलो पटक प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले घर–घरमा पाइपबाट ग्यास पुर्याउने योजना सुनाउनु भएको थियो ।

भारतको नाकाबन्दीका कारण नागरिकले एक सिलिन्डर ग्यास र एक लिटर पेट्रोल पनि पाउन नसकेको बेला ओलीले घरघरमा पाइपबाट ग्यास पुर्याउने योजना सुनाउँदा खुब मजाक पनि उडाइयो ।

तर आफूले ३ वर्षअघि गरेको घोषणाबाट प्रधानमन्त्रीपछि हट्नुभएको छ । ओलीले अब घरघरमा पाइपबाट ग्यास नभइ घरघरमा बिजुलीका तार पुर्याउने र आयातीत इन्धनको साटो आफ्नै देशमा उत्पादन हुने बिजुली प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।

एसियाली विकास बैंकको सहयोगमा काठमाडौं ल्याइएका विद्युतीय बसको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले त्यो बेला ग्यासको पाइप चुलामा भन्ने भाषण गर्दा खुब चर्चा चल्यो, अब ग्यासको पाइप होइन, छिटै नै हामी चुलो चुलोमा बिजुलीका तार भन्ने युगतिर जाँदैछौं ।’

प्रधानमन्त्री ओलीको भाषणले हल हाँसोमय भयो । हाँसो रोकिन नपाउँदै उहाँले भन्नुभयो, ‘संसार छिटो छिटो बगेको छ, हामीले पनि ३ वर्षमा योजना बदलेर ग्यास पाइप चुलोमा होइन बिजुलीको तार चुलोमा पुर्याउने  हो, केही मान्छेलाई फेरि पनि अनौठो लाग्न सक्छ, तर दुनियाँ बदलिरहेको छ ।’

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया