बर्दियाको ठाकुरबाबाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराब...
पुस १७, २०८१ बुधबार
सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा बुद्ध एअरकाे एटीआर–७२ जहाजबाट नियमित उडान सुरु गरेको छ । आज मङ्गलवार बुद्ध एअरको एटीआर–७२ जहाजबाट नियमित उडान सुरु भएकाे हाे ।
सङ्खुवासभा र भोजपुरका आधा भेगका मानिसले तुम्लिङटार विमानस्थलबाट नै आउजाउ गर्ने भएकाले बुद्ध एअरकाे ठूलो जहाजले उडान सुरु गरेकाे हाे । तुम्लिङटार विमानस्थलका प्रमुख भानुभक्त कोइरालाले पहिलो चरणमा हप्ताकाे पाँच दिन एटीआर–७२ सिटे र दुई वार (सोमवार र शुक्रवार) एटीआर–४२ जहाजबाट उडान हुने कार्यतालिका रहेको बताउनुभयो ।
अहिले तुम्लिङटारमा बुद्ध एअरले मात्रै उडान गर्दै आएको छ । यसअघि गुण एअरलाइन्स सञ्चालनमा रहे पनि अहिले बन्द छ । नेपाल वायु सेवा निगमको जहाजले तुम्लिङटार उडान गर्न बन्द गरेको पनि लामो समय भइसकेको छ ।
तस्बिर : मङ्गलवारदेखि तुम्लिङटार विमानस्थलमा उडान सुरु गर्दै बुद्ध एअरकाे एटीआर–७२ जहाज । तस्बिर : नवीन गुरुङ/उज्यालो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।