ऋषि कट्टेलले अायाेगमा उजुरी दिएपछि नेकपाकाे ‘नाम’ विवाद अझै चुलियाे

 कात्तिक ७, २०७५ बुधबार १५:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई गठन भएको नेपाल कम्युनिष्ट पार्टीको नाममा विवाद सुरु भएको छ । 

नेपाल कम्युनिष्ट पार्टीले विधान विपरित दुई पार्टी मिलेर आफ्नो पार्टीको पहिचान नै अन्त्य गर्ने गरि नामाकरण गरेर उस्तै नाम राखेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि पार्टीको नाम फेरि एकपटक विवादमा परेको हो ।

दलको नामका सम्बन्धमा उजुरी परेपछि निर्वाचन आयोगले प्रमुख आयुक्त लगायत आयुक्तहरुको उपस्थितिमा बुधबार दुवै पार्टीका प्रतिनिधि सहितको संवैधानिक तथा कानुनी इजलास नै राख्यो । इजलासमा दुवैले आ आफ्नो तर्फबाट दलिल राखे ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी कोष्ट भित्रको नेकपाले आफूहरु नेकपाभन्दा फरक दल भएको दाबी गरेको छ ।

यता, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दलीय तथा संसदीय परम्परा विपरित आफूहरुको पहिचानलाई संकटमा पार्ने गरि नामाकरण गरिएकाले कोष्ट भित्रको नेकपा को नाम संवैधानिक रुपमा त्रुटीपूर्ण रहेको दाबी गरेको छ ।

निर्वाचन आयोगले बाध्यतामा परि उस्तै नाममा फरक दल दर्ता गरेको भन्दै उसले नामको विषयमा सर्वोच्च अदालतसम्म पुग्ने चेतावनी दिएको छ ।

ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि अण्डरलाइन राखेको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय कोष्ट भित्र नेकपा राखेर भिन्न दलको रुपमा निर्वाचन आयोगबाट दल दर्ताको स्वीकृति लिएको थियो ।  आयोगले पनि यसलाई फरक दलको रुपमा नै दाबी गरेको छ ।

आयोगका सहसचिव दिपक सुवेदीले एउटै नाममा भिन्न-भिन्न दल दर्ता हुन नसक्ने कानुनी प्रावधानमा आयोग सचेत रहेको बताउनुभयो ।

संयुक्त इजलासपछि आयोगले केही समय उपलब्ध गराउँदै दुवै दललाई नाममा देखिएको विवाद आपसमा छलफल गरेर निष्कर्षमा पुग्न भनेको छ ।

दुवै दल निष्कर्षमा नपुगे आयोगले आफ्नो निर्णय सुनाउने सह-सचिव सुवेदीले बताउनुभयो । आफ्नो निर्णय सही भएको दाबी गर्दै आएको आयोगले कोष्ट भित्रको नेकपाको पक्षमा नै निर्णय सुनाउने छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया