एआई नियमनका लागि साझा मापदण्ड बनाउन जी–सेभेनका सदस्यहरु सहमत

 जेठ ८, २०८० सोमबार १७:१०:५५ | एजेन्सी
unn.prixa.net

आर्थिक रुपमा सम्पन्न देशहरुको समूह (जी–सेभेन) को भेलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई विश्वसनीय बनाउन नियमनको लागि आह्वान गरेको छ ।

जापानको हिरोसिमामा सम्पन्न जी–सेभेन राष्ट्रका प्रमुखहरूको भेलाले एआईको विकाससँगै यसको नियमन हुन नसकेको भन्दै विश्वसनीय मापदण्डको खाँचो रहेको ठहर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । भेलाले यस्ता प्रविधिका लागि बनाइने नीतिहरू साझा लोकतान्त्रिक मूल्यमा आधारित हुनुपर्ने बताएको छ ।

जी–७ का राष्ट्र प्रमुखहरुले एआईका अवसर र चुनौतीहरूबारे कुनै निर्णय लिनुअघि यसको समग्र मूल्याङ्कन आवश्यक रहेको बताएका छन् ।

यस्तै बैठकले यही वर्षको अन्त्यसम्ममा प्रतिलिपि र मिथ्या सूचना लगायत एआईसँग सम्बन्धित विषयमा छलफल गर्न हिरोसिमा एआई प्रोसेस नामको मन्त्रिस्तरीय फोरम स्थापना गर्ने सहमति पनि गरेको रोयटर्सले जनाएको छ। बैठकमा सहभागीमध्ये जी सेभेनको आठौँ सदस्य भनिने युरोपेली सङ्घ (ईयू)ले केही समय अघि एआई प्रविधिलाई नियमन गर्न कानुन पारित गरेको थियो ।

पछिल्लो समय एआईको नियमनमा विकसित देशहरूले चासो बढाइरहेका छन् । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया