यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
सप्तरी – सप्तरीमा करेन्ट लागेर एक जना विद्यार्थीकाे विद्यालयमै ज्यान गएको छ । राजविराजको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलकाे कक्षा १० मा अध्ययनरत तेसलान्नद यादवको ज्यान गएको हो ।
विद्यालयमा आयोजित क्रिकेट प्रतियोगितामा साउन्ड सिस्टम बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर राजगढ गाउँपालिका–१ झुटकीका यादवको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकका आफन्त तथा विद्यार्थीहरूले विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
मृतकका आफन्त तथा विद्यार्थीहरूले गजेन्द्रनारायण सिंह अस्पताल तथा स्कुल अगाडि बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दाेलन नराेकिने उनीहरूले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।