सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ ...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आर्थिकरूपमा असफल भएको भन्दै आफूहरूकाे आर्थिक समस्यालाई बेवास्ता गरेको बताएका छन् ।
शुक्रवार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र जावलाखेल क्लवबाहेकका १० क्लबले पत्रकार सम्मेलन गरी एन्फाले लिगको २१ खेल सकिँदासमेत क्लबको तयारी खर्च, म्याच फी, म्यान अफ दी म्याच लगायत रकम नदिएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा उपस्थित भएका क्लबमध्ये हिमालयन शेर्पाका अध्यक्ष तथा पूर्व एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अहिलेको एन्फा व्यवस्थापनको हिसाबले पूर्ण असफल भएको भन्दै विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को अनुदानले मात्र फुटबल चलाउन खोजेको आरोप लगाउनुभयो । एन्फाले एएफसीबाट फुटबल विकासका लागि आएको रकम कतारमा विश्व कप हेर्न जाँदा प्रयोग गरेको र अझैसम्म पनि त्यो पैसा उठेको भन्दै व्यवस्थापकीय जिम्मेवारमा निकै अस्पष्ट भएको शेर्पाले बताउनुभयो ।
एन्फाको अहिलेको प्राथमिकतामा अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुन लागेको फिफा महिला विश्व कपको टिकट खरिद परेको तर लिग खेलिरहेका ए डिभिजन लिगको पीडामा उदासीन रहेको पनि शेर्पाले बताउनुभयो । उचित योजना र सही तरिकाले काम गरियो भने फुटबलमा लगानी पाउन गाह्रो नहुने शेर्पाको भनाइ थियो ।
यस्तै पत्रकार सम्मेलनमा सङ्कटा क्लबका अध्यक्ष एवम् एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधरले क्लबले तयारी खर्चको दोस्रो किस्तासमेत नपाएकोले खेलाडी मारमा परेको बताउनुभयो । लिगमा सहभागी क्लबलाई लिग सुरु हुनुअघि १५ लाख, १३ औँ चरण सकिएपछि १० लाख र लिग सकिएपछि साढे सात लाख रुपैयाँ दिने सम्झौता भएको तर अहिलेसम्म एक किस्तामात्र पाएको र बाँकी रकम दिनलाई ढिलासुस्ती गरेको बताउनुभयो । यस्तै एन्फाले मनोमानी तरिकाले खेल तालिका बनाएको उहाँले गुनासाे गर्नुभयाे ।
एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठले क्लबहरूलाई बेवास्ता गरेर एन्फा नेतृत्वले फुटबल खेल मास्न लागेको आराेप लगाउनुभयाे । एन्फाले फुटबल विकासको हितमा भन्दा पदाधिकारीको सेवा सुविधामा ध्यान दिएको उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।