‘भ्रष्टाचार विरुद्धकाे लडाइँमा हाम फालिसकेका छौँ, कतिबेला एम्बुसमा पर्छाैँ थाहा छैन’

 जेठ १३, २०८० शनिबार १३:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनयुद्धमा जसरी भ्रष्टाचार विरुद्ध लागेकाले कतिबेला जाेखिममा परिने हाे भन्ने थाहा नभएकाे बताउनुभएकाे छ । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, '१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौँ, त्यसैगरी  अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौँ । हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन ।'

यस्तै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौँ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा पनि साथ दिने दाबी गर्नुभयाे । उहाँले केही सयमभित्र भ्रष्टाचार विरुद्ध ठूला ठूला 'एक्सन' हुन लागेको पनि बताउनुभयाे ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया