काठमाण्डौ फर्किएको जहाजका यात्रुलाई अर्को जहाजबाट बेङ्लाेर पठाउने तयारी

 जेठ १३, २०८० शनिबार १५:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चरा ठोक्किएको आशङ्कामा फर्किएको नेपाल एअरलाइन्सको जहाजका यात्रुहरुलाई आजै गन्तव्यमा पठाउने तयारी भइरहेको छ ।

फर्किएको जहाजको प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले अर्को जहाजबाट आजै यात्रुहरुलाई बेङ्लाेर पठाउन लागिएको त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

१ सय ५४ जना यात्रु बोकेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज उडेको ६ मिनेटमै दिउँसो २ बजेर २२ मिनेटमा विमानस्थलमै अवतरण गरेको थियो।

भारतको बेङ्लाेरका लागि उडेको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको र जहाजमा कुनै पनि क्षति नभएको त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले उज्यालोलाई जानकारी दिएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया