४ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो गरी सुरु

 जेठ १३, २०८० शनिबार १७:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यसूची छ ।

आजको बैठकमा प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । गएको बुधवारको बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचारका थुप्रै काण्ड भएको र पशुपतिनाथमा सुनको जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाउनुभएको थियो । दाहालको आरोपमा आपत्ति जनाउँदै एमालेले हिजो प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै बैठक चल्न दिएको थिएन ।

बिहान भएको छलफलपछि नेकपा एमाले संसद्को अवरोध हटाउन सहमत भएको छ । पशुपतिनाथको मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमै स्पष्ट पार्ने भएपछि नेकपा एमाले अवरोध हटाउन तयार भएको हो ।

संसद्को अवरोध हटाउने विषयमा आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य शीर्ष नेताहरुबीच भएको छलफलमा जलहरीबारे माओवादीका सांसद दाहालले बोलेको विषय संसद्को रेकर्डबाट हटाउने र यस विषयमा प्रधानमन्त्री प्रचण्डले पनि बैठकमै स्पष्ट पार्ने सहमति भएको हो । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया