सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ ...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले स्टार्सबर्गमा बराबरी खेल्दै कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ ।
घरेलु टोली स्टार्सबर्गसँग १–१ गोलको बराबरीमा रोकिए पनि पीएसजी लिग वानको एक खेल बाँकी छँदै उपाधि जित्न सफल भएको हो । च्याम्पियन बनेसँगै पीएसजीले सेन्ट इटिएन र मार्सेले समान १० पटक फ्रेन्च लिग वानको उपाधि जितेको कीर्तिमानलाई पछि पारेको छ ।
खेलको ५९औँ मिनेटमा मेस्सीको गोलबाट पीएसजीले अग्रता लिएको थियो । यो गोलसँगै मेस्सीले युरोपको शीर्ष पाँच लिगमा रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडेका छन् ।
मेस्सीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरेका छन् । यसअघि यो कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा ४९५ रहेको थियो । खेलमा ७९औँ मिनेटमा केभिन गेमेरियोले गोल गर्दै टोलीलाई रेलिगेसनबाट जोगाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।