काभा महिला भलिबलको फाइनल खेल आज : नेपालले तेस्रो स्थानका लागि खेल्दै

 जेठ १४, २०८० आइतबार ८:५१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि आज भारत र काजकिस्तान खेल्दैछन् ।

खेल दिउँसो सवा ४ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो । उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरी पाँचौँ भएको छ ।

त्यस्तै माल्दिभ्सले बङ्लादेशलाई ३–१ को सेटमा पराजित गरी सातौँ भयो । बङ्लादेशले भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया