सिन्धुलीमा सर्पले डस्दा १३ वर्षका दाजु र ३ वर्षका भाइको ज्यान गयो

 जेठ १६, २०८० मंगलबार १२:४०:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सिन्धुलीमा सर्पले डस्दा दुई बालकको ज्यान गएको छ ।

दूधौली नगरपालिका-१ कुर्थौली बस्ने गणेश पहाडीका दुई छोरालाई राति सुतिरहेकै ठाउँमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पहाडीका छोराहरु १३ वर्षका ग्रिस र ३ वर्षका ग्रिस्मको ज्यान गएको हो ।

प्रहरीका अनुसार सिमेन्ट र ब्लकले बनेको टालीको छानो भएको एक तल्ले घरमा आमाबुबासँगै सुतिरहेका छोराहरुलाई सर्पले डसेको हो । आमा गङ्गा पहाडीले राति ३ बजे छोराहरु छट्पटाएको थाहा पाएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुर लगिएको थियो ।

तर, जानकी हेल्थ केयर जनकपुरका डाक्टरले उनीहरुको ज्यान गएको घोषणा गरेका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया