सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ ...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेककाे आउटलेट सङ्ख्या एक सय चार पुगेकाे छ । प्रयोगकर्तामैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको कम्पनीले पछिल्लाे पटक गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधवारेमा आउटलेट विस्तार गरेकाे हाे । आउटलेट विस्तार गर्दै कम्पनीले ग्राहकलाई अझै गुणस्तर सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
ग्राहकले कार्यालय नगई क्लासिक टेक एपमार्फत फोन बाट नै इन्टरनेटसम्बन्धी गुनासो, सापटी, महसुल भुक्तानीलगायतका सुविधाहरू लिन सक्नेछन् । कम्पनीले झन्झटमुक्त कारोबार उपलब्ध गराउन अनलाइन भुक्तानीमा सरलता ल्याएको छ । ग्राहकका लागि सुरक्षित भुक्तानी विकल्पहरूमा क्लासिक टेकले ई–सेवा, फाेन–पे, प्रभु पे, माई–पे, आईएमई पे तथा डेबिट/क्रेडिट कार्ड, नेपाल पे र कनेक्ट आईपीएस जस्ता अग्रणी भुक्तानी प्रदायकहरूसँग साझेदारी गरिसकेकाे छ । अनलाइनबाट भुक्तानी गर्दा ग्राहकलाई आकर्षक क्यासब्याक, बाेनस, छुट र राउटर अपग्रेडकाे याेजनाहरू पनि रहेको छ ।
क्लासिक टेक ग्राहक मोबाइल एप अत्यन्त सुविधा र प्रयोगको सहजतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । प्रयोगकर्ताले यसको सहज इन्टरफेस र सुविधाहरूको विस्तृत शृङ्खलाकाे साथ सहज अनुभवको आनन्द लिन सक्छन् । एपमा गुनासाे दर्ता, पासवर्ड परिवर्तन, म्याक फिल्टर, रेफर, रिचार्ज, स्पीड टेस्ट जस्ता विशेषताहरू रहेका छन् । सपाेर्ट टिकट रजिस्टर गरेको दुई घण्टाभित्र ग्राहकलाई फोन सपोर्ट प्रदान गरिने कम्पनीले जनाएकाे छ ।
नवीनतम प्राविधिक विकासलाई ध्यानमा राख्दै कम्पनीले न्यूनतम मूल्यमा अद्यावधिक प्रविधि ५ गिगाहर्ज डुअल ब्यान्ड राउटर र सेट-टप बक्सहरू प्रदान गर्दै गएको छ, यसले ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा लिन सजह बनाउँछ ।
निर्बाध सहायता सुनिश्चित गर्न क्लासिक टेकले ग्राहकलाई चाैबिस घण्टा/सात दिन सेवा प्रदान गर्दछ। ग्राहकले समर्पित हेल्पलाइन ९८२९२२३०४ मा वा कुनै पनि प्रश्न वा सरोकारका लागि क्लासिक टेककाे टोल फ्री नम्बर १६६००१५०९९९ प्रयाेग गर्न सक्नेछन् । आउँदा दिनमा सहायता र इन्टरनेटकाे गुणस्तर नेपालमा सबैभन्दा राम्रो बनाउने कम्पनीको लक्ष्य छ ।
नयाँ जडानसम्बन्धी जानकारी पाउन ९८०१००४४७७ मा फाेन गर्न वा www.classic.com.np मा गएर जानकारी लिन सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gobo Kaji
May 30, 2023, 2:31 p.m.म लगायत धेरै ग्राहकहरुको अनुभबमा क्लासिक टेकले भन्ने, लेख्ने अनी गर्ने व्यबहारमा फरक हुन्छ। उनिहरुको दिने ईन्टरनेट स्पिडा पछी गयर फरक पर्दै जाने, सुरुमा दिने भनियको सुबिधा पछी नहुने पाइयो। डिपोजिट राखियको रकमहरु फिर्ता नदिने जस्ता समस्या पाइयो।