सुर्तीजन्य पदार्थरहित दिवस : ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’

 जेठ १७, २०८० बुधबार ८:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाईंदैछ । हरेक वर्ष मे ३१ तारिखमा सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ ।

‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । दिवसका अवसरमा धूम्रपान तथा सुर्तीजन्य पदार्थले ब्यक्ति, परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराउने गरिन्छ ।

विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । सुर्तीजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर हुनबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूम्रपान तथा सुर्तीजन्य बस्तु नखान पनि डाक्टरको सुझाव छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थले मुखको वा फोक्सोको क्यान्सर मात्र नभइ कम्तीमा पनि शरीरका अरु १२ अंगको क्यान्सर गराउने जोखिम हुन्छ ।

नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ । सुर्तीजन्य पदार्थ तथा धूम्रपानले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्छ ।

गर्भावस्थामा यसको प्रयोगले कम तौल भएको बच्चा जन्मने तथा समय अगाडि नै बच्चा जन्मिने, गर्भ तुहिनेलगायत हुन सक्छ । नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य देश बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया