शेयर बजारमा बढी कमाउनेहरूले कर नतिर्ने चलखेल गरे : अर्थमन्त्री महत

 जेठ १७, २०८० बुधबार १४:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर (पुँजी) बजारलाई तलमाथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताउनुभएको छ ।

बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको 'पोस्ट–बजेट डिस्कसन' कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले शेयर बजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरूलाई इमानदार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महसुस भएकाे बताउनुभयो । मन्त्री महतले शेयर बजारमा ठूलो लगानीकर्ताहरूको समूहले बजारलाई तल झारेर तुरुन्तै शेयर किनेर बजार माथि लैजाने गरेको दाबी गर्नुभयो । सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको उहाँले बताउनुभयाे । 

सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरूलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरूले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्नेजस्ता दुष्प्रचार गरिरहेको बताउनुभयो । उहाँले शेयर बजारमा बढी कमाउनेहरूले कर नतिर्ने चलखेल गरेको दाबी गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘जसले धेरै पुँजी बजारमा लगानी गरिरहेको छ त्यसैले पुँजी बजारलाई माथि लाने र तल लाने काम गर्छ । यसलाई हामीले प्रणालीमा ल्याउने कि नल्याउने ? स्वार्थ समूहहरू चाैतर्फीरूपमा लाग्छन् । खतम गर्‍याे अर्थमन्त्रीले, समाप्त पार्‍याे भन्छन् । ६० लाख लगानीकर्ता समाप्त हुने भए भनेर हुन्छ । अहिले अर्थमन्त्रीका लागि जोखिम पनि त्यहीँ देखिरहेको छु । इमानदार हुँदा हुने देखेको जोखिम हो । स्वार्थ समूहहरूले अर्थमन्त्रीलाई गाली गर्ने नै भए । जसले कर तिर्नुपर्ने हुन् उनीहरूलाई कसैले पनि छुने कोसिस गदैनन् । उनीहरू करको दायरामा आउनुपर्छ, त्यसरीमात्रै राजस्व बढ्छ ।’

मन्त्री महतले शेयर बजारकाे विषयमा अनावश्यक हल्ला फैलाउन उचित नभएको बताउनुभयो । अहिले शेयर बजारमा सानो लगानी गरेर पाँचदेखि छ लाख रुपैयाँ कमाउनेहरूले सरकारलाई कर तिरेको तर धेरै आम्दानी गर्नेहरू करको दायरामा नआएको उहाँकाे गुनासाे छ ।

अर्थमन्त्री महतले मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्र सुधार गर्न ल्याएका अन्य धेरै व्यवस्थालाई ओझेलमा पर्ने गरी सांसद विकास कोषलाई 'हाइलाइट' गरिएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटले आमूल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • ACHARYA, TILAK PRASAD

    May 31, 2023, 8:17 p.m.

    भ्रष्ट देशमा भ्रष्टचारी मन्त्रिहरूलाई भ्रष्टचार गर्नका लागि कर तिर्न सकिँदैन, अब नाे रेमिट्यान्स, नाे कर अभियान चलाईन्छ, चलाउनु पर्छ ।

  •  0 Reply
  • Ashok gupta

    May 31, 2023, 2:55 p.m.

    Ek tpai haru garne kam garnu huna kohi kehi garirahe xa tes lai garna dinu huna ke ho hjur haru bachna ta dinu hami pani nepal kai janta ho ni jehi garnu xa bhane jokhim bhar ghtaunu rin ko sima htaunu tpai haru ta jhan barbad banunu bhairahe xa vit lune bela ta khub ghosna patra ma lekhnu bhai ko thiyo yo garxa tyo garxu

  •  0 Reply

तपाईको प्रतिक्रिया