शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

 जेठ १७, २०८० बुधबार १५:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेकाे दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनिलिभर नेपालको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया