बालबालिकालाई तातो हावा र लु बाट यसरी जाेगा‌औँ

 जेठ १९, २०८० शुक्रबार ९:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बालबालिकालाई तातो हावा र लु बाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । अत्यधिक गर्मी बढेपछि प्राधिकरणले सार्वजनिक सूचना निकालेर बालबालिकालाई तातो हावा र लु बाट जोगाउन आग्रह गरेको हो ।

बालबालिकाको साथमा पानीको बोत्तल सधैँ राख्न र उनीहरुलाई कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रुपमा खुवाउन भनिएको छ ।

यस्तै, हल्का रङको सुतीका कपडा लगाउन, टाउको ढाक्न टोपी वा छाताको प्रयोग गर्न, पत्रु खाजा अर्थात् जङ्क फुड नखान र दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म ननिस्कन प्राधिकरणको सुझाव छ ।

यदि, बालबालिकालाई रिँगटा लागे, वान्ता भए, धेरै टाउको दुखे वा श्वास फेर्न गाह्राे भए तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकी लैजान पनि सुझाव दिइएको छ ।

 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया