नेपाल कबड्डी लिगमा जनकपुरले पोखरालाई र काठमाण्डौले धनगढीलाई...
माघ ११, २०८१ शुक्रबार
सिन्धुली – मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा जीप सुनकाेसी नदीमा खसेकाे छ । आज शुक्रवार सुनकाेसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेकाे बा १ झ ७४६७ नम्बरको जीप काठमाण्डाैबाट खोटाङ जाँदै गर्दा नदीमा खसेको हो ।
जीपमा चार जना रहेकामा चालक दाङकाे राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चाैधरी पाैडी खेलेर नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था थाहा नभएकाे उहाँले बताउनुभयो । सामान्य घाइते चालककाे शुभ जीवन अस्पताल खुर्काेटमा उपचार भइरहेकाे छ ।
बेपत्ता हुनेहरूमा सीटीईभीटीकाे प्रशासन शाखाका निर्देशक (सहसचिव) तनहुँकाे भानु नगरपालिका–९ का ५७ वर्षीय कृष्णबहादुर केसी, कार्यालयकाे याेजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद घुर्तेल र कार्यालयका विद्युत् प्रशिक्षक इलामका भानु पौडेल रहेका छन् ।
बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको डीएसपी दाहालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।