नेपाल कबड्डी लिगमा जनकपुरले पोखरालाई र काठमाण्डौले धनगढीलाई...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिककाे निःशुल्क उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे छ ।
शुक्रवार शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर अस्पतालकाे अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिककाे निःशुल्क उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँले अस्पताल सञ्चालनको स्वीकृति लिँदा १० प्रतिशत शय्या छुट्याएर विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भए पनि त्याे प्रावधान पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले अनुगमनका क्रममा अस्पतालहरूसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिककाे निःशुल्क उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्छाैँ । हामी एक आर्थिक वर्षकै तथ्याङ्क माग्छौँ । नागरिकले पाउने त्यो अधिकार दिलाएर छोड्छाैँ । विपन्न बिरामीलाई, आर्थिक अवस्था कमजोर भएका बिरामीलाई शय्या नपाएर भौतारिनुपर्ने वा मन्त्रीले, ठूलो हाकिमले, माननीयले सिफारिस शय्या पाउने नत्र नपाउने अवस्थालाई यो कार्यकालबाट तोडिदिन्छौँ ।’
मन्त्री बस्नेतले निःशुल्क उपचार दिने र नदिने अस्पतालहरूलाई सरकारले त्यही अनुरूप हेर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले अस्पतालमा शय्या उपलब्ध छ/छैन भन्ने पनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आउँदाे दिनमा शय्या (बेड) पाउनका लागि मन्त्री वा सांसदहरूले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताउनुभयो ।
अनुगमनका क्रममा उहाँले अस्पताल प्रशासन, चिकित्सक, बहिरङ्ग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीलाई भेटेर अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिनुभएको थियो । उहाँले अस्पताल अनुगमन गरिराख्ने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।