जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्...
माघ ११, २०८१ शुक्रबार
जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जनाको ज्यान गएको छ । भाइरल ज्वराेबाट अरू ५३ जना बिरामी परेका छन् ।
बिरामीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइले जानकारी दिनुभयो । बिरामीमा ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखा परेको छ । ज्वरो फैलिएको गाउँमा कर्णाली विज्ञान प्रतिष्ठानका डा. विशाल रोकायासहित दुई जनाको टोली खटिएको छ ।
यस्तै जनस्वास्थ्य कार्यालयले पनि चार जना स्वास्थ्यकर्मी परिचालन गरेको सुमाइले जानकारी दिनुभयो । कनका सुन्दरीको वडा नम्बर ७ वडामा एक सय १५ घरधुरी छन् । अहिले प्रत्येकको घर–घरमै पुगेर स्वास्थ्यकर्मीले जाँच गरिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।