१९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग ख...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफू प्रचारबाजीभन्दा पनि जरो समातेर रोग पत्ता लगाई उपचार गर्ने पद्धतिमा रहेको टिप्पणी गर्नुभयाे ।
मन्त्री बस्नेतले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई अस्पतालमा विपन्नहरूलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरे पनि भेट भइसकेपछि भने चेतावनीको रूपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताउनुभयो । उहाँले मेयर शाहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने वचन दिएको र त्यहीअनुसार आफूले प्रमाणित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी प्रचारबाजी गर्ने किसिमले काम गर्दैनौँ । हामी समस्याको जरो समातेर रोग पत्ता लगाई उपचार गर्ने पद्धतिमा जान्छौँ । मैले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई एक हप्ताभित्र गरेको कामको रिजल्ट देखाउँछौँ भनेको थिएँ । उहाँले फेसबुकमा एक हप्ताभित्रमा काम सुरु भएन भने अस्पतालको काम बन्द गरिदिन्छौँ भन्ने भाषामा स्टाटस लेख्नुभयो । महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र काम गर्न पाउँछ । प्रचारभन्दा काम गर्ने शैलीमा जोड दिनुपर्छ । हामी एक्शन ओरिन्टेट बनौँ । प्रचारबाजी सही कुराका लागि सूचना र सचेतनाका लागि गरौँ ।’
मन्त्री बस्नेतले कसैको सुझावका भरमा सुर्तीजन्य पदार्थमा कर नबढाएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।