अब मास्कको प्रयोग स्वेच्छिक, खोप कार्ड र परीक्षण कार्ड देखाउन नपर्ने

 जेठ २०, २०८० शनिबार ७:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोभिड १९ को मापदण्ड परिमार्जन गरेको छ । कोरोना सङ्क्रमणदर घट्दै गएपछि मापदण्ड परिमार्जन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना निकालेर मास्कको प्रयोग अब स्वेच्छिक हुने जनाएको छ ।

यसअघिसम्म सार्वजनिक ठाउँमा मास्कको प्रयोग अनिवार्य गरिएको थियो । यस्तै मन्त्रालयले सङक्रमण दर कम भएपछि यात्रुले कोरोना परीक्षण गरेको र कोरोनाविरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताएको छ । अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने पनि सूचनामा उल्लेख छ ।

कोरोनाको सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा कमी आएको र धेरैले पूर्णमात्रा खोप लगाइसकेको अवस्था तथा छिमेकी देश भारतमा पनि सङ्क्रमण दर न्यून रहेकाले  परीक्षण र खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने जनाएको छ ।


अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया