प्रदेश २ ले प्रहरी ऐन ल्याएर संघीय सरकारसँग निहुँ खोज्यो : अधिवक्ता भट्टराई

 कात्तिक ८, २०७५ बिहीबार १७:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कानुनविद् टिकाराम भट्टराईले प्रदेश २ को प्रदेशसभाले पारित गरेको प्रहरी ऐनको औचित्य नरहेको बताउनु भएको छ । 

कानुनविद् भट्टराईले संघीयताको मर्ममाथि नै प्रहार हुने गरी कानुन निर्माण नगर्न पनि प्रदेश २ को प्रदेशसभा र सरकारलाई सचेत गराउनुभयो । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संघीय कानुनले निर्धारण गर्नुपर्ने विषय प्रदेश २ को प्रदेशसभा र सरकारले प्रहरी प्रमुखसमेत बदल्न सक्ने गरी प्रदेश ऐन पारित गरेको भन्दै आपत्ति पनि जनाउनुभयो । प्रदेश २ को प्रदेश सरकारले ल्याएको त्यो प्रहरी ऐन संविधान विपरित रहेकोे पनि कानुनविद् भट्टराईको तर्क छ ।

कानुनविद् भट्टराईले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको अन्य पाटोलाई छोडेर प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याउने काम गरेर संघीय सरकारसँग निहुँ खोज्ने काम गरेको आरोप समेत लगाउनु भयो । उहाँले प्रदेश सरकारले सहकार्यमा आधारित संघीयताको मर्म विपरीत चल्न नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी पनि गर्नु भयो ।
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया