बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

 जेठ २१, २०८० आइतबार १६:५६:३६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बङ्गलादेशी नागरिकमाथि लगाइएको भर्खरैकाे अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ ।

‘हामी अरूमा निर्भर हुने छैनौँ । कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन’, हसिनाको यो टिप्पणी शनिवार युनाइटेड न्युज अफ बङ्गलादेशले उद्धृत गरेको छ। 

नयाँ नीतिअन्तर्गत बङ्गलादेशका वर्तमान र पूर्वअधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू र कानुन प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ ।

यो नीति बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री हसिनाले बङ्गलादेशमा अर्को आम चुनाव अवामी लिग सरकार अन्तर्गत हुने कुरा स्पष्ट गरिसक्नुभएको छ । अब चुनाव सन् २०२४ को सुरुमा हुनेछ ।

अहिलेकाे सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नुपर्ने आँकलन हुँदैछ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया