‘नागरिकता विधेयकमा सरकारको कमजोरी भयाे कि सफलता अन्तरिम आदेशपछि थाहा हुन्छ’

 जेठ २२, २०८० सोमबार १८:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर सर्वोच्च अदालतबाट अल्पकालीन आदेश आउँदैमा सरकारको कमजोरी भन्न नमिल्ने बताउनुभएको छ । 

सोमवार प्रतिनिधि सभा भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले गरेको अनुरोधमा राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको र त्यसकै विरुद्धमा परेको मुद्दामा अदालतले अल्पकालीन आदेश दिएको बताउनुभयाे । सर्वोच्चबाट अन्तरिम आदेश आइसकेपछि मात्रै सरकारको कमजोरी वा सफलता भन्ने कुरा औँल्याउन सकिने उहाँकाे भनाइ छ ।

मन्त्री शर्माले संविधानले संसद्का दुवै सदनले दोस्रो पटक पनि पारित गरेर पठाइसकेपछि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि के हुन्छ ? भन्ने बारेमा परिकल्पना नगर्दा यो समस्या आएको बताउनु भयो । उहाँले सांसदले पारित गरेका कानुन, विधेयक, ऐनलाई राष्ट्रपतिले 'होल्ड' गर्दा संविधान, लोकतन्त्रमाथि नै प्रश्न उठ्ने जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘कुनै पनि विषय सर्वोच्च अदालतमा गयो भन्दैमा सरकारको कमजोरी भयो भन्ने हुँदैन, अदालतले निर्क्याेल गर्ला, अहिले अन्तरिम आदेशमात्रै गरेको छ । अन्तिम फैसलापछि मात्रै सरकारकाे कमजाेरी वा सफलता भन्ने थाहा हुन्छ । राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्दैनन् भन्ने कुरा संविधानले परिकल्पना नै गरेन । सरकारले उपयुक्त विकल्प ठानेर अनुरोध गरेकाे हाे । अब अदालतले आदेश दिएपछि एउटा नजिर बस्नेछ ।’

मन्त्री शर्माले संसद्काे रेकर्डबाट असंसदीय भाषा मेटाइसकेको र सांसदहरूले पनि संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया