चितवनमा हात्ती महोत्सवसँगै ‘मह उत्सव’
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै गएको छ ।
सन् २०२२ मा घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता भएको तथ्याङ्क छ ।
नर्स र कुल जनसङ्ख्याको अनुपात कम भएका जोखिमयुक्त देशहरूको सूचीमा घाना ५५औँ स्थानमा पर्छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) पदपूर्तिका लागि ईयू सदस्य देशहरु भन्दा अन्य देशका जनशक्तिमा भर परेको छ ।
विश्वको सबैभन्दा ठूलो नर्सिङ समूह इन्टरनेशनल काउन्सिल अफ नर्सेस (आईसीएन)का प्रमुख हवार्ड क्याटन घानाजस्ता गरिब देशबाट बाहिरिने जनशक्तिको सङ्ख्यालाई लिएर चिन्ता गर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।
उच्च आय भएका देशहरूले गरिब देशबाट नर्सहरू भित्र्याउने क्रम बढ्दै गएको छ।
दक्ष जनशक्ति पलायन भएका कारण ती गरिब देशहरुको स्वास्थ्य प्रणाली बिग्रँदो छ ।
मुख्य गरी विशेषज्ञ नर्सहरूले अन्य देशमा राम्रो पारिश्रमिकका लागि देश छाडिरहेका बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।