ग्लोबल आईएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

 जेठ २६, २०८० शुक्रबार १०:४४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२३ बाट सम्मानित भएको छ। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो।

ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण गरेको भन्दै यस बैंकलाई ट्रान्सफर्मेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हाे।

नवीनतम ग्राहक केन्द्रित, प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा प्रविधिमा आधारित सृजनशिलता जस्ता बुँदाहरुलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको छ ।

ग्लोबल आईएमई बैंककाे देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको छ । याे निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया