गर्मीका कारण जन्तेढुंगाका २ वटा विद्यालय बन्द

 जेठ २६, २०८० शुक्रबार १५:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – गर्मी बढेपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाका दुई वटा विद्यालय बन्द गरिएको छ । केही दिनयता अत्यधिक गर्मी बढ्दा विद्यार्थीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने र बेहोस हुने समस्या देखिन थालेपछि जन्तेढुंगा गाउँपालिका–१ देवीस्थानको शिक्षा निकेतन औतारी मावि र शिक्षाज्योती मावि चाैतारा बन्द गरिएको हो । 

सुनकोसी किनार नजिक बेसी क्षेत्रमा रहेको शिक्षा निकेतन औतारी मावि शुक्रवारदेखि जेठ ३० गतेसम्म र शिक्षाज्योती मावि चौतारा जेठ २८ गतेसम्मका लागि बन्द गरिएको हो । 

गर्मी बढेपछि बर्खे बिदा कट्टा हुने गरी बिदाको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई सुझाव दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया