पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ । खेल म्यान्मारको यानगोनमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । चाईनिज ताइपेइले अघिल्लो दुई खेलमध्ये एउटामा हार र अर्को बराबरी खेलेको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा छ । चाईनिज ताइपेइ एक अंकका साथ तेस्रो स्थानमा छ । चीन ६ अंकका साथ शीर्ष र म्यान्मार ४ अंक जोडेर दोस्रो स्थानमा छ ।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।